प्रेस चौतारी काठमाडौं प्रेस विज्ञप्ती


नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको ‘कार्यालय तोडफोडको प्रयास भएको’ भनि केही संगठनद्धारा गरिएको दुष्प्रचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । सोमबार महासंघ काठमाडौं शाखाको भृकुटी मण्डपस्थित कार्यालय परिसरमा पत्रकार महासंघको सदस्यताका लागि आवेदन दिएका केही पत्रकारहरु पुगेर ‘केन्द्रमा नामावली बुझाउने अन्तिम दिन आज समेत हाम्रो सदस्यता टुङ्ग्याउने काम यस शाखाले गरेन’ भन्दै आक्रोशित अभिव्यक्ति दिएका थिए । कार्यालय सचिव तथा अन्य जिम्मेवार पत्रकारहरु गफ गरेर बसिरहेको बेलामा केही नयाँ साथीहरु आएर आक्रोश व्यक्त गरेको कुरालाई तोडमोड गरी केही संगठनले ‘कार्यालयको सामानमा आगजनी गर्न खोजेको’ भनेर बढाइचढाइ गरेकोमा हाम्रो कडा आपत्ती छ । तसर्थ हामी ति भ्रमपूर्ण उक्त अभिव्यक्तिको खण्डन गर्दछौं ।
साथै, महासंघको नयाँ सदस्यता आवेदन संकलन गरेर विभिन्न बहानामा त्यसलाई अहिलेसम्म कुनै निर्णयमा नपु¥याउने महासंघको हर्कतप्रति हाम्रो आपत्ती छ ।
सुरुमा सदस्यका लागि महासंघमा प्राप्त ५५३ वटा फाइलहरु अध्ययन गर्ने नाममा विभिन्न जिम्मेवार र पेशामा क्रियाशील पत्रकारहरुको फाइलबाट कागजात गायब पारिदिने काम भएको छ ।
तसर्थ जिम्मेवार पत्रकारहरुको कागजात गायव पारिने र प्रतिशोधपूर्ण ढंगले सिफारिस गर्ने उक्त कदमको विरोध गर्दै महासंघको केन्द्रले तत्काल कागजात गायब गर्नेहरुको पहिचान गर्न एक छानविन समिति गठन गरी दोषीलाई कारवाही गर्न र योग्यता पुगेका जो सुकैलाई पनि महासंघको सदस्यताबाट बञ्चित नगर्न हामी जोडदार माग गर्दछौं ।
लोकेन्द्र के.सी.
अध्यक्ष
प्रेस चौतारी नेपाल काठमाडौं

Like

Like

Love

Haha

Wow

Sad

Angry

Comment

यसमा तपाइको मत