राजेन्द्र महतोलाई प्रधानमन्त्री ओलीको रेड कार्पेट, युवा संघको कालोझण्डा


काठमाडौंसँग सम्बन्धविच्छेद गरेर पाँच महिनादेखि तराई मधेशको आन्दोलनमा सक्रिय सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको’ भन्दै काठमाडौं आएका छन् ।

rajendra mahato (4)
उनी काठमाडौं आएसँगै प्रधानमन्त्रीकै पार्टी निकट युवा संघ नेपालले कालो झण्डा देखाएर विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्रीले बोलाएर आफू काठमाडौं आएको महतोले बबताउपनि युवासंघले भने उनको विरोधमा कालोझण्डा देखाएको हो ।

आज दिल्लीबाट सिधै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई त्यहाँबाट बाहिरिने क्रममा कालोझण्डा देखाउँदै चर्का नाराबाजी युवासंघले नाराबाजी गरेको थियो ।

मधेस आन्दोलनका क्रममा आक्रामक रुपमा प्रस्तुत भएको भन्दै राजधानीमा उनको आलोचना भइरहेको थियो ।

यसो त राजेन्द्र महतोकै कारण नाकाबन्दी भएको बुझाई समेत राजधानीबासीमा परेको छ ।
यसैबीच युवासंघका प्रवक्ता प्रभात कटुवालले आफूहरुको आयोजनामा महतोलाई कालोझण्डा नदेखाएको बताउँदै कालोझण्डा देखाउनमा समर्थन भने रहेको रातोपाटीलाई बताए ।
उनले भने, ‘राष्ट्रियताको विषयमा केहि युवाहरुले प्रदर्शनको आयोजना गरेका रहेछन् । राष्ट्रियताको मुद्दामा सहयोग गर्ने युवासंघको नीति हो। सोहि अनुसार प्रदर्शनमा सहभागि भएका हौं ।’
यसो त केहि साता पहिले मात्रै युवासंघले महतो भारतीय नागरिक भएको दाबी गर्दै गृहमन्त्री शक्ति बस्नेतसामु छानबिनको माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको थियो ।

महतो उपचारको लागि भन्दै गत पुस १७ गते मधेसबाटै दिल्ली गएका थिए ।

 

 महतोले भने, ‘प्रधानमन्त्रीको विशेष आग्रहमा मात्र काठमाडौ आएको हुँ’

यसैबीच महतोका कार्यकर्ताहरुले भने उनको भब्य स्वागत गरेका छन् ।   उनलाई स्वागत  गर्न  सद्भावनासहितका मोर्चाका कार्यकर्ताहरु  विमानस्थल पुगेका थिए।

rajendra-mahato-3

यसमा तपाइको मत