नाफा हुन्छ अनि घाटा हुन्छ समय अनुसार ।
आफ्नै पाइला पनि टाढा हुन्छ समय अनुसार ।।
बद्लि“दो समयको उखान खुराक मज्जाको बन्छ ।
उम्रन नपाई पक्कै छाडा हुन्छ समय अनुसार ।।
कस्ले के योगदान गरे लेखाजोखा राखेका छौ“ ।
कस्को के भूमिका थाहा हुन्छ समय अनुसार ।।
बच्चा थियौ यौवन छायो अभैm के के होला कुन्नी ।
रङ्गिन जिन्दगी नि सादा हुन्छ समय अनुसार ।।
एउटा बाउका दुई छोरा मिलेर बस्लान कति ?
भाका झिटीझाम्टा आधा हुन्छ समय अनुसार ।।



