फागुण। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टी सबै खाले विदेशी हस्तक्षेपको विरुद्धमा लड्ने पार्टी भएको बताएका छन्।
पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले भने,‘तपाईका चुलोमा पकाएर खाई तपाईहरुका लागि लड्ने प्रतिवद्धता छ, २२ औ जनयुद्ध दिवस र ८ औ महाधिवेशन एकै दिन मनाएका छौ।’हामी काठमाडौंमै छौं, सक्छौ भने जेल हाले हुन्छ, तर देश बेच्नेहरु जेल जानुपर्ने हो कि देशको रक्षा गर्नेहरु जेल जानुपर्ने ? यसको हिसाब-किताव इतिहासले गर्छ ।’
उनले अघि भने,‘जब देशमा समस्या हुन्छ, , –यो महाधिवेशनको उद्घाटना नेपाली जनताको स्वाधिनताको उद्घाटन हो, सबैको सुझाव सल्लाहबाट यो उद्घाटन गरिएको हो, यो विचारको पनि उद्घाटन हो, हाम्रो पार्टी एउटा इतिहास रच्ने पार्टी हो।’



