गजल

- नमराज घिमिरे ,बनेपा ,काभ्रे


सबै थोक छ नभाको त्यही इमान त होनी।
अहिले सम्म कमाको त्यही बेमान त होनी।
कति दियौॅ आस्वासन पत्याउॅने ति जनता,
कहिल्यै पुरा नभाको त्यही जमान त होनी।
भत्किए घर दुःखी गरिबका आफ्नो छदैछ,
दियौ गफ नदिएको त्यही सामान त होनी।
नारा राम्रा छन् जितिन्छ जसरी पनि अब,
हेरौॅ कम्पिटिसन् छ त्यही अनुमान त होनी।
लागिन्छ टाइम पास गर्दै लगानी नचाहिने,
राम्रै गरे नि पाउने त्यही अपमान त होनी।

यसमा तपाइको मत