
==========
तिमी छ्यौ उस्तो या त्यो मुहार उस्तो
तड्पाउँछ मैलाई किन बारम्बार उस्तो !
अन्योलहरू छन्, थुप्रै अभाबहरू छन्
भिडमा रमाई रहेको, यो बजार उस्तो !
खेपी रहेछु गहिरो खल्तिको यो घाऊ
छु कम्जोर मै मात्र, या यो हजार उस्तो !
मिल्दैनन् कुरा क्यै सडक होस् सदनमा
बिपक्षी उस्तो हो या यो सरकार उस्तो !
घरहरू जलमग्न पूरै यो बस्ती डुबाउने
यी नदिहरू हुन् या त यी किनार उस्तो !
चुसेर यो रास्ट्रलाई सधै खोक्रो बनाउने
भ्रस्टाचारिहरू हुन्, या भ्रष्टाचार उस्तो !



