भक्तपुरको सामाजिक कार्यमा निकै सक्रिय युवा समुह सि .एस.डि.


भक्तपुर । भक्तपुर नगरपालिका १ टेखापुखुमा आगलागी हुँदा पाँच घर जलेर करिब ८ परिवार घरबिहिनभएका स्थानीइलाई राहात स्वरुप गरिएको छ । स्थानीय सिएसडि समूहले उक्त राहत वितरण गरेको हो ।  सिएसडिका  संयोजक रत्नसुन्दर हाकुदुवालका अनुसार समूहले अग्नी पीडितहरुलाई खाद्यान्न लगायत अन्य सामग्रीहरु वितरण गरिएको छ ।

दिगो बिकास केन्द्र समुहका सहयोगी साथीहरुको अग्रसरतामा बैशाख २५ गते पहिलो चरणमा अत्यावश्यक खाद्यान्न सामाग्रीहरु वितरण तथा बैशाख २७ गते दोश्रो चरणमा पीडित बालबालिकाहरुको समस्या अध्ययन गरे पश्चात् तेस्रो चरणमा ज्येष्ठ ३ गते पीडित १० बालबालिकाहरु लाई आवश्यक विभिन्न शैक्षिक सामाग्रीहरु, दैनिक लुगाहरु, स्कुलका लुगाहरु तथा २ जना बृद्द बृद्दा हरुलाई कम्बल वितरण गरिएको दुवालले बताए ।

यसैगरी रेडक्रस सोसाइटी भक्तपुरमा हाल रगतको चरम अभाव भएको समस्यालाई मध्यनजर गर्दै विभिन्न सामाजिक कार्यमा क्रियाशील समूहले विभिन्न सहयोगी हातहरु संग सहकार्य गर्दै खुल्ला रक्त दान कार्यक्रम सँगसँगै निः शुल्क दन्त सेवा सहित नि(शुल्क स्वास्थ्य परीक्षणको आयोजना सम्पन्न गरेको छ ।  जसमा १ सय २३ जनाले रक्तदान गरेको उक्त शिविरमा ४५ जनाले स्वास्थ्य सेवा लाभ लिएका थिए भने ७५ जनाले दन्त सेवा लाभ लिएको दुवालले जानकारी दिए ।

यसमा तपाइको मत