गज़ल

- तेज प्रकास बानियाँ


फोश्रो नारामा जनतालाई भुलायौ तिमीले

विश्वासमा भोट हाल्न बाध्य तुल्यायौ तिमीले

आखिर अनेक प्रयास र दौडधुप गरि
बिजयी भयौ खुशी र हासो फिजायौ तिमीले

मौका पाएँ भनी कमाउ धन्दा अगाडि सार्यौ
जनता सामु जे वाचा थियो कुवायौ तिमीले

तिम्रा सामु देश विकासका कुरा गौण भए
घात गर्यौ मतदातालाई रुवायौ तिमीले

दिगो आर्थिक समृद्धि तर्फ प्रयत्न गरेनौ
नेपाललाइ ऋणमा मात्र डुवायौ तिमीले ।

यसमा तपाइको मत