स्त्री लिंगीय सजिना मुक्तक संग्रह बजारमा


नेपाली साहित्य जगतमा हालै नमराज घिमिरे शिखरको सजीना मुक्तक संग्रह प्रकशित भएको छ ! सो मुक्तक सग्रहमा २०१ ओटा मुक्तक संग्रहित छन ! सबै मुक्तकहरु चार पंक्तिका छन ! पहिलो दोस्रो र चौथो अनुप्रासयुक्त छन भने तेस्रो पंक्ति अनुप्रासयुक्त छैन ! उक्त मुक्तक संग्रहमा बाहिरी साजसज्जा मार्फत अन्नत घिमिरेले बढो मेहेनतका साथ आफ्नु कला प्रस्तुत गरेका छन ! लेआउट डिजाइन महेश क्षेत्रीले गरेका छन भने प्रकाशन गौरी पब्लिक रिलेसन एण्ड पब्लिकेसन काठमाडौँले परकशन गरेको हो ! पहेलो पृष्ठभुमिमा लेखकको आफ्नै छोरीले टेडी बियरलाइ समाती राखेको हसिलो मुहारमा दुइ चुल्ठो बाटेकी लाम्चो अनुहार पछाडी निलो र सेतो बादल भएको तस्बिर राखेर अगाडीको पृष्ठ सजाएका छन ! किताब स्मार्ट साइजको छ भने पृष्ठ संख्या १४ +५० रहेको उक्त किताबमा अर्ध कर्दको शर्टमाथि हलका चेक कोट र नेपाली सानदार टोपी अनि मोनोलिसा मुस्कानमा उभिएको तस्बिर लेखकको परिचयका साथै प्रकासक आइ एस बिएन रहेको पछाडी पृष्ठ बडो सुन्दर तरिकाले सजिएको छ ! अधिकाँस मुक्तकहरुमा  माया प्रेम ;मिलन बिछोड रास्ट्र प्रेम उन्मुक्तिको आवाज ;छलकपट ;कलियुग जस्ता बिषयलाइ उठाइएका छन !
मुक्तक संग्रहलाइ रास्ट्रकबि माधव घिमिरे ;डाक्टर घनश्याम परिश्रमी ;डा. शैलेन्द्रु प्रकाश नेपाल ;रमेश पौडेल भाग्य शालि अधिकारीका साथमा बरिष्ठ साहित्यकार सस्कृति विद रत्न  प्रसाद अनामणिले पनि शुभकामना दिएका छन ! यस पुस्तकको मुल्य १२५ रहेको छ !
हेरौ उनको एक मुक्तक
कति रुवाउनु छ रुव जिन्दगी
सिरक उध्रिएको भूवा जिन्दगी
गनी गनी चोट खप्न सकियोस
आरनमा तताएको लुवा जिन्दगी

यसमा तपाइको मत