
रत्न प्रसाद अनामणि श्रेष्ठ
छोरो तेरो अमेरिकामा
म आउँदिन बा !
के तेरो अमेरिमा
हरेक दिन दश /बिस कप चिया खाई
साहित्यको बारे बातचित गर्न
कोही आउन छन् त ?
अनि म एक्लै धुमधुति बसौं ?
मौन ब्रत बसे जसरी
***************
मलाइ स्पष्ट थाहा छ
त्यहाँ द्वारिका कुइकेलको
उखेल्दिन्छु दाह्री
निर्मल पराजुलीको लामो हरफे कबिता
मेजर काकाको बाँस डोले भाका
तारा के.सी.को नारी बेदना
रुद्र अधिकारीको सटिक मुक्तक
सानु शर्माको प्रेम बिछोड
शान्ती शर्माको प्रकृति प्रेम
नवराज घिमिरेको नया लेखानी
डा.सत्य राजको परिपक्क्व छन्द
कृष्ण देवको चोटिला मुक्तक
दुर्गा दिदीको उग्र साहित्य
उत्तम बिचारको उत्तम प्रसंग
राष्ट्र पुकारको युवा जोश
जसेन्द्र श्रीपालीको यानी माया
दामोदर सरको रमाइलो नियात्रा
बिनोद ढकालको ढाडे बिरालो
यी सबै सबै
के मैले तेरो अमेरिकामा
सुन्न पाउँछु त छोरा ?
*****************
थाहा छ हिजो आज
उमेश पाण्डेको संशाक पाक्षिक
पढने बनि परेको छ
अनि सुन त ….
प्रा.डा.रमेशराज कुंवारको
देश चिन्तन र पर्यटन
प्रा.डा.गार्गी शर्माको गाम्भीर्यता
जर्नेल तेजप्रकाश बानियाँ सरको
सबैलाई समेट्ने रहर
डा.शैलेन्द्रु प्रकाशको कुशल नेतृत्व
प्रशान्त डंगोलको सरल ब्यबहार
सबिना सिन्धुको सहज कर्तब्य
नवराज भेटुवालको सहयोगी मन
यशोदाको सहज सहभागिता
हरि प्रसाद पाण्डेको हक्की ब्यबहार
प्रदिप मैनालीको गहिरो गजल
सिता बिष्ट कार्कीको नरम स्वभाब
जस ध्वज गुरुंगको आत्मीय मुक्तक
मनिराज सिंहको खुल्ला दिल
कृष्ण राउतको लोक गित मन
दुर्गा प्रसाद अधिकारीको बिदेशी अनुभब
चन्द्रावती न्यौपानेको साहित्यिक रहर
भैरबी ढुंगानाको सहज प्रस्तुति
बेनी बहादुर थापाको पुरानो यात्रा
धरणी धर गुरागाईको मिठो लय
छबिरमण सिलवालको कवि प्रेम
के यी सबै अमेरिकामा पाउँछु त
चित्त नदुखाऊ छोरा
तिमी त्यही रमाउ ,प्रगति गर
म यही रमाउछु छोरा /
********************
कृष्ण के.सी.को रमाइलो मन
नारायनाचार्य कौशिकिको धार्मिक लगाव
पूर्ण मानान्धारको रेडक्रस प्रेम
राम भक्त घिमिरेको जय भैरव मन
गङ्गा सेन कुंवारको आत्मीय भेट
दिपेन्द्र भुजेलको उन्नति इच्छा
शंकरको भद्र स्वभाव
शरद लामिछानेको जान्ने इच्छा
अरुणको नरम ब्यबहार
सुब्बा बाजेको लिम्बुवान
रसुवालिको कविको उग्र साहित्य
बिकाश भट्टराइको निरन्तता
दामोदर ढकालको कच्चा समुह
डा.माधब सापकोटाको नबिन बिचार
नुवाकोटे तामांगको स्वार्थी मन
सुरेन्द्र जोशीको सरल जीवन
मनिराज डंगोलको कच्चा राजनैतिक
शमसेर बहादुर गाइजुको राजनैतिक बेसहारा
अम्बिका थैब सानो झुण्ड
कुमार रंजितको साथी प्रेम
चेत नाथ धमला आफ्नो मन
तारा सरको कमाउने इच्छा
महेश कोइराला स्यान्जाली ठिटो
नाम नआउने दाइको बढी चियो चर्चा
भण्डारी दिदीको एक्लोपन
जीवन हमाल मिलनसार साथी
ज्ञानमानको ओम शान्ति
यी सबै मान्छे र ब्यबहार
पाइन्छ त त्यो अमेरिकामा ?
**************************
मेरो देश अन्धकार भयो त के भो ?
दुइ करोड जना उज्यालोको
आशामा पर्खिरहेका छन्
घुसखोरिले आकाश छोए पनि
बाटो ,घाटो , पुल ,पुलेसा खाए पनि
बिस्तारै समाउदैछन्
नेताहरु भ्रस्ट भयो त के भो ?
भावी नेताहरु इमान्दार आइरहेका छन
शिक्षा,पर्यटन,स्वास्थ्य, मन्दीर र देबालयहरु
मक्किएको ,भत्किएको ,लथालिंग भए पनि
एउतै लक्ष्यका साथ
सगरमाथा एक्लै उभिएको छदैछ
तराई अशान्त भए पनि
पहाडी तलाउ शान्त छन्
त्यसैले मैले आशा त्यागेको छैन छोरा !!
धेरै कुराहरु महशुस गर्नु र हेर्नु
बाँकी नै छ छोरा !
हरेक बिहानी मन्दिरका घन्टीहरुको
पबित्र ध्वनी त्यहाँ बझ्दैन छोरा
अटल हिमशृंखलाका सुन्दर र मनोरम तस्बिरहरु
त्यहाँ मेरो मानसपटलमा बस्दैन छोरा
तिमी उतै संसार बनाउ
म यतै संसार बनाउछु
घुम्न आए पनि सधै बस्ने गरि
आउन्दिन छोरा !
आउन्दिन छोरा !
आउन्दिन छोरा !



