भुकम्पले लूटेका सपना

- सुष्मा तिमल्सिना


 

त्रिपालको छानो मुनि कति सरकार ले केही गर्देला भन्ने आशमा
भुकम्प पीडित ले भोग्ने पीडा कति बढछ यो असार को मासमा
गरिब दुखी को घर उजाडी राजनीति गर्ने हरु को माझमा
खै कसरी उज्यालो होला मेरो देश यो अँध्यारो साझमा

चोरी डकैटी अनि भुकम्प का पराकम्पन को त्रासमा
चिसो मौसम अनि जस्ता ले वारिएको त्यो बाँसमा
कसरी दैनिकी बिताउने पीडित हरुले अब के देखे र

खै यो सरकार ले भुकम्प ले मरेका कयौं ती लासमा

केही गरे जस्तो लाग्दैन मलाई यो सरकार ले खासमा
अरु कोनै हित हुने नयाँ नयाँ संसोधन हरु को पासमा

कसरी जिन्दगी चलाउने होला ती गरिब ले अब
दिन भरी मजदुरी गर्यो खै के खाने बेलुकी त्यो गाँसमा

यसमा तपाइको मत