गजल

- दिपेन्द्र पौडेल ,कालिका -१ ,चितवन


 

 

अफ्रिकामा भोको केटो रुँदै होला अहिले
अम्रिकामा भब्य भोज हुँदै होला अहिले
कामै छैन स्वदेशमा ठुले विदेश गयो
बिचराले जुठा भाँडा धुँदै होला अहिले
चारै तिर गोलावारी सिरियाको शहर
टुहुराले साँच्चै आँशु पिउंदै होला अहिले
जागे बस छिमेकीको दिलमा हरि छैन
सार्छु भन्दै साँध खम्बा छुँदै होला अहिले

यसमा तपाइको मत