म पनि आउछु

- रत्न प्रसाद अनामानी श्रेष्ठ


शुन्यताको पद्चापसंगै

दिग्भ्रमित नेताहरुको

लस्करै अनुहारहरु सम्झदै

बोल्नु छ बोल्न सक्तैन

चेतना उठाउनु छ ,उठ्न सक्तैन

गाउ कुरेर बसेका हजुर बालाइ

थाहा छैन

नातिको जिन्दगीका पलहरु

थाहा छैन

मातृभूमिको सुवासहरु

आज एका एक कता हराए

परजीबी बनेका बुध्दिजिबिहरुले

मलसाप्रो पसेका बस्तीहरुलाइ

खै कसले के गरि दिए

खै कसले के भनि दिए

गाँउमा लास उठाउने नातिहरु छैनन

त्यसैले  आऊ तिमी पनि

र म पनि आउछु

देशले युवाको जोश मागिरहेको छ

पुग्नु पर्ने ठाउँमा

छिट्टै पुगौ

छुनु पर्ने मनहरुलाई

छुन सकेको छैन

टाल्नु पर्ने सबै ठाउँ

टाल्नलाइ आऊ

तिमी पनि

र म पनि आउछु

 

 

यसमा तपाइको मत