अपाङ्गता भएका बालबालिकाहरुलाई एक विदेशी संस्थाले शुक्रबार राहत वितरण


राजविराज–सप्तरीको विभिन्न गाउँपालिका तथा नगरपालिकाका अपाङ्गता भएका बालबालिकाहरुलाई एक विदेशी संस्थाले शुक्रबार राहत वितरण गरेको छ । दक्षिण कोरियाका संस्था म्यान भर्सेस बुमन रिलोडेड सिजन-३ दक्षिण कोरिया परिवारले अपाङ्ग संघ सप्तरी तथा अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको समन्वयमा उक्त राहत वितरण गरिएको हो । बाढी पीडित परिवार तथा अपाङ्गता भएका ३५ घर परिवार बाढी पीडित बालबालिकाहरुलाई शैक्षिक सामग्री एवं कपडा राहत स्वरुप वितरण गरिएको संस्थाले जनाएको छ । राहत वितरणमा दक्षिण कोरियाबाट प्रिन्स बोहरा, विक्रम पौडेल र अनुप कार्की सहभागि थिए भने नेपाल बाट नवराज कलौनिले राहत वितरणको संयोजन गरेका थिए ।

यसमा तपाइको मत