
यो देहमा एक मुट्ठी प्राण रहे सम्म,
तागत छैन कसैको आयु भए सम्म।
हे काल तैंले म पट्टि फर्केर नहेर्नु,
मलाई लाने धृष्टता पनि क्यै नगर्नु १
शुभ चिन्तक कतिछन् केथाह तलाई,
बुझेर मात्र आट्नु पर्थ्यो तैले मलाई ।
जे काम गर्दा पनि बुझेर मात्र गर्नु,
हतार को निर्नय कहिल्यै नगर्नु २
काल बनेर आइस् आखिर ढाल बनिस्,
केही लागेन तेरो लौ नमस्कार भनिस्।
तलाई यहाँ बेकाम कसले पठायो,
अभिलेख नहेरी कुन् मुर्खले खटायो ३
जा गएर तेरा मालिकलाई भनिदे,
प्राणीहरुको आयु राम्रोसँग गनिदे।
लापरबाही गर्दा आफैं फन्दामा पर्लास्,
चिप्लेर यमलोक बाट पृथ्वीमा झर्लास् ४
(मनमोहन अस्पताल ५औं दिन २०७४/०६/२२)



