मेरो उम्मेदवारी टुरिष्ट उम्मेदवारका विरुद्ध हो : लब कुमार बस्नेत


२०३५ सालदेखि तत्कालीन नेकपा एमालेबाट राजनीतिमा प्रवेश गरेका लब कुमार बस्नेत काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख का लागि बाम गठबन्धनका साझा उम्मेदवार योगेन्द्र संगौला विरुद्ध विद्रोही उम्मेदवारका रुपमा खडा भएका छन् । वि.स. २०४९ र २०५४ साल गरि २ कार्यकाल नेकपा एमालेबाट साविक मनमैजु गाविसका उपाध्यक्षमा निर्वाचित बस्नेतले १५ वर्ष सम्म नेकपा एमालेको मनमैजु गाविकासका अध्यक्षको जिम्मेवारी निर्वाह गरेका हुन् । २ कार्यकाल निर्वाचित स्थानीय जनप्रतिनिधी र लामो समय सर्वदलीय संयन्त्र मार्फत जनप्रतिनीधीकै भूमिका निर्वाह गरेका बस्नेतले नेकपा एमालेको आधिकारी उम्मेदवार विरुद्ध बागीका रुपमा उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख का लागि बाम गठबन्धनका साझा उम्मेदवार योगेन्द्र संगौला विरुद्ध बागी उम्मेदवारका रुपमा प्रस्तुत तीनै लब कुमार बस्नेतसँगको कुराकानी :

पार्टीको आधिकारी उम्मेदवार विरुद्ध बागीका रुपमा खडा हुनुको कारण चाहि केहो नि ?
म काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख का लागि बाम गठबन्धनका साझा उम्मेदवारको विद्रोही उम्मेदवारका रुपमा खडा भएको हुँ भन्न चाहान्छु । म ३४/३५ वर्ष निरन्तर रुपमा पार्टीको लागि खट्दै आएको सक्रिय कार्यकर्ता हुँ । पार्टी नेतृत्वले स्थानीय स्तरको कार्यकर्ताको भावना बुझने भन्दा पनि भावना माथि खेलवाड गर्ने काम गरेको छ । पार्टी भनेको नेतृत्वमा बसेका व्यक्तिहरुको पेवा होईन । पार्टी त स्थानीय स्तर देखि राष्टिय स्तर सम्मका सम्पूर्ण कार्यकर्ता देखि नेतृत्व वर्गको मेहनतले चल्ने संस्था हो । यसैले मैले नेतृत्व वर्गले स्थानीय स्तरका कार्यकर्ताको भावना माथी खेलवाड गरेकोले उनीहरुको भावनाको कदर गर्नको लागि उम्मेदवारी दिएको हो र स्थानीय स्तरका कार्यकर्ताहरुको मनोवलका साथ उनीहरुको साथ र सहयोगले उम्मेदवारी दर्ता गराएको हुँ ।

तपाईले पार्टीका स्थानीय कार्यकर्ताको सहयोग र साथमा मनोनयन दर्ता गराएको हुँ भन्दै गर्दा पार्टीको आधिकारी उम्मेदवारलाई स्थानीय जनप्रतिनिधीले नै मनोनयन दर्ता गर्न सघाएको देखिन्छ, नि ?नेपालमा भएका सबै पार्टीमा आआफनो खेमा छन् । तीनै खेमाबाट नेकपा एमाले जस्तो ठूलो पार्टी अछुतो रहने कुरै रहेन । यसैले कसको पक्षमा बहुमत छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ । काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख को कुरा गर्दा स्थानीय स्तरका सक्रिय अगुवा कार्यकर्ताको बहुमत र आवश्यक सल्लाहका साथ मैले उम्मेदवारी दिएको हुँ । हिजोको मनोनयन दर्ताको अवस्थाको कुरा गर्दा काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख का लागि बाम गठबन्धनका साझा उम्मेदवारले झण्डै प्रस्तावक र सर्मथक पनि नपाएको अवस्थामा पार्टीको साख जोगाउँनको लागि हाम्रा स्थानीय जनप्रतिनिधीहरुले सहयोग गरेका हुन् । र उनीहरुले पनि वास्तवमा आन्तरिक रुपमा मलाई नै समर्थन गर्ने कुरामा पूर्णरुपले विश्वत छु ।

अहिलेको अवस्था आउँनुमा काठमाडौंको काठँ क्षेत्रको राजनीतिको प्रवृत्ती त होईन ? स्थानीय स्तरमा जनतको लागि दुख गर्ने सधै पाटीको लागि खट्ने व्यक्ति भन्दा पनि फरक खालको व्यक्तिलाई पार्टी नेतृत्वले जनप्रतिनिधीको जिम्मेवारी दिदै आएको छ । हिजोका दिन देखि नेकपा एमालेको पार्टी नेतृत्वले विशेष गरि काठमाडौं क्षेत्र नं ६ मा स्थानीय भन्दा पनि टुरिष्ट नेतालाई प्राथमिकता दिदै आएको छ । मैले यो प्रर्था एवं परम्पराको विरोध गर्दै आफनो उम्मेदवारी दिएको हुँ । स्थानीय स्तरको दुख पीडा स्थानीय नेताले मात्र बुझन सक्छ । किनकी हिजोका दिन देखि म मनमैंजुमा जन्मे हुर्केको र २०३५ सालबाट पार्टीको काम गर्दै आएको व्यक्ति हुँ । यहाँको स्थानीइहरुको हिजोको अवस्था र आजको परिवर्तित अवस्थाको बारेमा मलाई जानकारी छ । यहाँको कुन ठाउँमा के गर्नु पर्छ ? कस्तो खालको समस्या छ मैले बुझेको छु । यसैले पार्टीले या्े क्षेत्रको भूगोल, समाजिक तथा आर्थिक परिवेश नबझेको व्यक्तिलाई उम्मेदवारका रुपमा खडा गराएको छ । पार्टीले स्थानीय कार्यकर्ताको भावना विपरितको काम गर्दै आएकाले छ ।

काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख का लागि बाम गठबन्धनका साझा उम्मेदवार विरुद्ध लब कुमार बस्नेतले बार्गेनिङको लागि उम्मेदवारी दर्ता गरायो भन्ने हल्ला चल्दै आएको छ नि ?

तपाईले महत्वपूर्ण प्रश्न गर्नु भयो । अहिलेको यो उम्मेदवारी मेरो चाहना र ईच्छाले दिएको होईन । पार्टी नेतृत्वले स्थानीय स्तर कार्यकताको भावना लाई लत्याउँदै टुरिष्ट उम्मेदवार खडा गरेकोले स्थानीय स्तरका कार्यकर्ताको भावना बमोजिम र उनीहरुको पूर्ण सर्मथनका साथ मैले उम्मेदवारी दिएको हुँ । मेरो उम्मेदवारी कुनै व्यक्ति विरुद्ध होईन् । पार्टीको प्रवृत्ति विरुद्धको हो । र यो उम्मेदवारी फिर्ता पनि हुदैन् । मलाई स्थानीय स्तरका कार्यकर्ता र मतदाताको सहयोगमा उम्मेदवारी दिएको छु ।

अन्त्यमा के भन्न चाहानुहन्छ ?
मैले काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख का लागि बाम गठबन्धनका साझा उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवारका रुपमा खडा भएको छु । पाटीको नेतृत्व पक्तिले स्थानीय स्तरको भावना नै नवझी खडा गरेको उम्मेदवार र यहाँको स्थानीय भौगोलिक, विकास निर्माणका कार्य, समाजिक अवस्था, सास्कृतिक अवस्था र आर्थिक अवस्था बुझन सक्दैन् । म यहिको स्थानीय हो । म यहि जन्मे, यहि हुर्के । यस क्षेत्रको हरेक स्थानमा म पुगेको छु । मैले यहाँको समस्या बुझेको छु । पार्टीको नेतृत्वले टुरिष्ट उम्मेदवार खडा गर्यो भन्दैमा उसलाई सहयोग गर्ने कुरा रहदैन् । यसैले काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख का लागि म स्वतन्त्र उम्मेदवारका रुपमा खडा भएको छु । मैले यस क्षेत्रमा शुसासन, विकास निर्माण र रोजगारीका नयाँ माध्यम सिर्जना गर्दै दीगो विकासका लागि लाग्ने छु । यसैले नजिकीदै गरेको मंसिर २१ गतेको निर्वाचनमा मलाई मतदान गरिदिन हुन हार्दिक अनुरोध समेत गर्दछु ।

यसमा तपाइको मत