काठमाण्डौ क्षेत्र न.६ मा निर्वाचन महाअभियान सुरु


काठमाण्डौ क्षेत्र न.६ को निर्वाचन महाअभियान सुरु / क. हिमाल शर्मा को संयोजकत्वमा पूरै ६ न. क्षेत्रको साथै प्रदेश ‘क’ को क. तिलक सुनुवार र प्रदेश ‘ख’ को क. लब कुमार बस्नेतको संयोजकत्वमा निर्बाचन परिचालन कमिटी गठन गरिएको छ /

यो क्षेत्रलाई बाम गठबन्धनको किल्ला बनाउने उद्धघोषका साथ २०७४ कात्तिक २३ गते मण्डप पार्टी प्यालेस गोंगबुँ चोक, काठमान्डुमा निर्वाचन प्रचार अभियानको शुभारम्भ गरियो / कार्यक्रममा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उमेद्वार झक्कुप्रसाद सुवेदी, प्रदेश सभा ‘क’ का उमेद्वार केशव स्थापित र प्रदेश सभा ‘ख’ का उमेद्वार योगेन्द्र संग्रौलाले आ-आफ्ना प्रतिबद्धाका साथ मतदाताहरु समक्ष मत माग्नुभएको थियो /

स्थानीय निर्वाचनको मतपरिणामलाई हेर्ने र स्थानीय जनताको मनोभावनालाई बुज्ने हो भने पनि यसपल्ट काठमाडौँको ६ न.क्षेत्र पूरै बाम गठबन्धनको पोल्टामा जाने निश्चित देखिन्छ /

यसमा तपाइको मत