अलछिनी फ्याउरो


 

 

अलछिनी फ्याउरो                                      254452_200201000114936_1296425423_n

कराए पछि गाउँमा

कोइ न कोइ मर्छन रे !

भन्नु हुन्न यस पालिको पालो

कसको हो ?

जनतालाई साथ दिने बाहेक

अरुको पालो आए बेश भयो

तर अर्काको पालो आए

अनर्थ हुने भयों

किन यही बेला कराउनु परेको होला

किन यही बेला यो गाउँमा आउनु परेको होला

************************************

 

जाडो पनि गरिबलाई मात्र आउँदो रहेछ

रोग पनि उसैले पछ्यौउदो रहेछ

दशा पनि उसैलाई भन्नु पर्ला

तल्ला घर श्यामेको आमा बिरामी छे

शयामेले विदेशबाट पैसा

पठाए पछी सहरमा उपचार गर्छु भनेको थियो

शायद अलछिनी फ्याउरो

यही बेला कराउनु पर्ने ?

दुइ चार दिन पछि कराए के हुन्थ्यो ?

श्यामेको आमा अरु

दुइ चार दिन बाच्थ्यो!

छोरोको बिहे गरिदिन पाए

यो जुनीको जन्म सिद्द भयो भन्थे

थुक्क अलिछिनी फ्याउरो

यसै बेला कराउनु पर्थ्यो त ?

के तँलाई मेरै गाउँमा आएर

कराउने ठेक्का लिएको थियो र ?

**************************

गाउँको सोझा केटाहरु मध्ये

श्याम एक हुन्

बाउ मरे पछि उसको जिम्मेवारी

बढेको थियो

एक्लै बुढी आमा बस्थे

किन किन श्यामेको जिन्दगी

देखेर कहालिएर आउंछ

दैब कस्ती निस्ठुरी

कस्तो बिबेकहीन

कस्तो निर्द्यी

बिचारलाई कसले

सहारा दिने ?

उज्ज्यालो ल्याउछु भनेर

हिंडेको बाउ

अँध्याउरोमा बित्यो

थुक्क अलिछिनी फ्याउरो

यसै बेला कराउनु पर्ने ?

*********************

यसमा तपाइको मत