​भारतसँगको सम्बन्ध सुदृढ हुने दिशामा छ : उपप्रधानमन्त्री थापा


काठमाडौं : उtimthumbपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँगको सम्बन्ध सुदृढ हुने दिशामा रहेको बताएका छन्। रिपोर्टस क्लबले नेपाल भारत सम्बन्धका विषयमा गरेको कार्यक्रममा उनले विगत केही महिनादेखि दुई देशबीचमा देखिएको असहजपना अन्त्य भएर सम्बन्ध सुदृढ हुने दिशामा रहेको बताएका हुन्। थापाले संविधान संशोधन मार्फत मधेसी मोर्चाको माग पूरा गरेको विषय नउठाएपनि सरकारको यो कदमपछि सम्बन्ध सदृढ हुने संकेत गरेका हुन्। ‘हामी सबैको साझा प्रयासबाट सम्बन्धमा न्यानोपन विकास भएको छ’ उनले भने ‘असमझदारीको कालो बादल हट्दै गइरहेको छ।’ भारतमा नेपालप्रति स्नेहको कमी नभएको भन्दै थापाले तर त्यो स्नेह र सद्भावलाई ब्यबहारमा उतार्न नसकिएको बताए। ‘भारतको त्यो स्नेह र सद्भावनालाई ब्‍यबहारमा उतार्न देशभित्रको अवस्था र भारतीय नेतृत्वसँग विश्वासको सम्बन्ध कायम गर्नु अहिलेको चुनौती हो’ उनले भने । भारतमा नेपालको विषयमा केही परसेप्सन छन् भने त्यसलाई हटाएर दुई देशको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्छ थापाले भने।

यसमा तपाइको मत