शैक्षिक संस्थाहरू कै शिर —शिध्दार्थ बनस्थली


माटोको घरमा टायलले छाएर २००८ सालमा काठमाडौंको बनस्थलीमा बनस्थली विद्याश्रम नामक एक बिद्यालयको स्थापना भएको थियो / गोगनलाल जोशी र बिजयानन्द जोशीद्वारा संचालित यो बिद्यालयमा शुरुमा ४-५ जना मात्र बिद्यार्थीहरु पठन पाठन गर्ने गर्दथे / पढ्नु पर्ने रहेछ भन्ने भावनाको बिस्तारै बिस्तारै बिकास हुदै गए पछी बिद्यार्थीहरु पनि बढ्न थाले /

बि.सं.२०३० सालमा उक्त बिद्यालय शिध्दार्थ बनस्थली नाममा परिणत भयो र संचालक लक्ष्मण राजवंशी बन्न पुगे / त्यो बेलासम्म स्कुलमा जम्मा ८४ जना बिद्यार्थीहरु पढ्ने गर्दथे भने कक्षा ८ सम्म पढाई हुने गर्दथ्यो / यो प्रक्रिया बि.सं.२०४४ साल सम्म पुग्दा यस स्कुलमा ५२००जना  बिध्यार्थीहरुले पढन थाले भने बिद्यालय भवन पनि परिष्कृत भयो /

हाल यस स्कुलमा मन्टेश्वरी प्ले ग्रुप देखि बि.बि.एस .सम्म गरि करिब ३००० जना बिध्यार्थीहरुले पठनपाठन गर्ने गर्दछन / २०० जना शिक्षक शिक्षिका र १०० जना अन्य कर्मचारीहरु कार्यरत उक्त  बिद्यालयका प्रमुख रुपक राजबंशी हुनुहुन्छ / देशकै सफल बिद्यालयहरु मध्य एक यस बिद्यालयमा पढाइको अलावा बिभिन्न अतिरिक्त क्रियाकलापहरु बिशेष प्राथमिकतामा राखी संचालन गर्दै आइरहेको कुरा खोज अनलाइनलाइ जानाकारी गराएको छ /

अत्याधुनिक किसिमका साइन्स ल्याब ,कम्प्युटर ल्याब ,प्ले ग्राउन्ड,पुस्तकालय तथा सुबिधा सम्पन्न कार्यक्रम हल रहेको शिध्दार्थ बनस्थली स्कुलबाट हालसम्म १२००० भन्दा बढीले ग्राजुएट गरिसकेको कुरा प्रधानाध्यापक रुपक राजवंसीले बताउनु भयो /

यसमा तपाइको मत