भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक


प्रकाश पुष्पक राई
२९ माघ, २०७४ काठमाण्डौ । जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानीक गरिएको छ ।
हाम्रो देश नेपालमा नव पुस्तालाई समेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेन टायन शहरमा भएको युगल जोडीलाई १४ फ्ररवरीको घटनालाई लिएर पाश्चात्य मुलुकहरुमा मान्दै आएको यो भ्यालेनटायनलाई हाल आएर नेपालमा पनि उत्तिकै महत्व लिएर युगल जोडीहरुले यस दिनलाई महत्वपूर्ण दिन मानिने गरेको पाइन्छ ।
यस टेली चलचित्रमा पनि माया प्रेम अन्धो हुन्छ । मानव जीवनमा प्रेम अति महत्यपूर्ण छ या त त्यो दृष्यबिहिन होस या त कान नसुन्ने होस सवैलाई प्रेमले छोएको हुन्छ । प्रेमको परिभाषालाई पर्दा माध्यमबाट छर्लङ्ग पार्न खोजेका निर्देशक शर्माले बताउनु हुन्छ । यस स्पर्शको पर्दामा लोमश शर्मा र इस्टु कार्कीले दमदार अभिनय प्रस्तुत गरेको पाइन्छ । यस चलचित्रका निर्देशकिय सल्लाहाकार बिजय गोपाल दलीको रहेको छ भने एबि पिक्चर्स फार्मले यस चलचित्रलाई सार्वजानीक गरेको छ ।

यसमा तपाइको मत