
धिक्कार लाग्छ नेताकाे तमासा देखेर
कठै! भन्छु जनताकाे निराशा देखेर ।। १
विवस भए मतदाता निधार खुम्च्याउन
चुनाव जितेर बद्लिएकाे भाषा देखेर ।। २
कुलो सडक बिजुली र शिक्षा दिनेहरू
हुँदैछन् क्रुद्ध जनताकाे अाशा देखेर ।। ३
हाेडबाजी नै चलेको छ व्यापार गरिखाने
एक नेपाली छक्क पर्याे खासा देखेर ।। ४
धन कमाउन भनि जाँदा परे बिरामी
न त मदन डरले फर्किए ल्हासा देखेर ।। ५



