अशक्त अनि बुढो शरीर लिएर ऊहाँ चोकमा बस्न बाध्य


जिन्दगीको भोग नसकुन्जेल मान्छेले अनेक दुःख सुख भोग्नुपर्दछ आखिर जिवन एउटा भोगाइ न हो| १९९६ साल पौष १५ गते जन्मनुभएको कान्छी लामा गत पौष १५ बाट ७८ बर्ष पुग्नुभयो | काठमाण्डौं काभ्रेस्थली घर हो ऊहाँको अहिले ऊहाँ गणेशस्थान मरुहिटी केहि तल शान्ति निकुञ्ज स्कुलको अघिनेर चोकमा संधैँ केहि फलफुल र सागसब्जी भाग लगाएर अशक्त शरीर साथमा बैशाखी लिएर बसिरहनुहुन्छ | १३ बर्षकै उमेरमा काले तमानसँग ऊहाँको बिबाह भएको थियो ऊहाँको श्रीमान् २५ बर्षले जेठो हुनुहुन्थ्यो कान्छी लामाको खुट्टा जन्मजात त्यस्तै भने होईन करिब ६० सालतिर बल्खुमा ट्रकले किचेर उहाँको एउटा खुट्टा भाँचिदियो उपचार ट्रक धनीले गरिदिएपनि ऊहाँ अशक्त बन्न पुग्नुभयो |

अशक्त अनि बुढो शरीर लिएर ऊहाँ चोकमा बस्न बाध्य हुनुहुन्छ आखिर हात मुख त जोड्नै पर्दोरहेछ |श्रीमान् ६२ सालमा बत्नुभयो ७८ वर्षीय कान्छी लामाको एक छोरा र दुई छोरी छन् छोरा मंगल लामा काभ्रेस्थली नै बस्छ त्यसैगरी जेठी आईती (ठुली) लामाको बिबाह भएको र ६ नाता नतिनी छ भने कान्छी छोरी मंगली लामा बुढी कन्या नै बसी भन्नुहुन्छ सोही कान्छी छोरीसँग चोसनमा बस्नुहुन्छ ७८ बर्षीय कान्छी लामा | छोरा मंगलको ९ नातानातिनी छन् ऊ सामान्य खेती किसानी गर्दछ |

ऊहाँले यसरी दिन बिताउनु भएको करिब ५/६ बर्स जति भयो यसरी यो बढेसकालमा चिसोमा बस्नुहुन्छ दिनमा कतिको ब्यापार छ आमै अनि यो बेच्ने कुरा कसले ल्याईदिन्छ भन्ने प्रश्नमामा ऊहाँ भन्नुहुन्छ – ‘कान्छी मंगलीले ल्याईदिन्छ बाबु आफु बुढी कन्य बसेर अर्काको घरमा लुगा धुन जान्छे मंगली म त्यस्तै दिनमा २/३ सयको ब्यापार गर्दछु लाने लैजाने खाना खुवाउने सबै कान्छी मंगलीले गर्छे|’ यसरी १५ नातानातीनी अनि ३ छोरा भएको कान्छीको कथा त एउटा उाहरण मात्रै हो यस्त कैयौँ बुढि आमा हरु शहरको गल्ली गल्लीमा भेटिन्छन् यसरी सडकमा जिन्दगी बिताउन बाध्य पार्ने कतै हामी नै त होइनौँ? संसारमा बुबा आमा भन्दा ठुलो कोही हुँदैनन् याद राखौँ| – प्रस्तुति निर्मल पुरी भोगि

यसमा तपाइको मत