काठमाडौं, फागुन २८ – युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।
बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो ।
आगो निभाइएको र यात्रुहरुकाे उद्धार भैरहेकाे विमानस्थल कार्यालयले जनाएको छ । विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटवल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।



