दुइटा मुक्तक:

- लुमन्ती चित्रकार


अहँ जानिन अरुको मन दुखाउन
र बाँचिन आफ्नो जीवन सजाउन
मन्द मुस्काउँछु सधैं म आँसु पिएरै 
तर चाहिन कसैको नयन भिजाउन

पीडा रहित जीवन जिउन पाए
आँसु आँखाभित्रै सिउन पाए
बाँच्नुको मज्जा नै बेग्लै हुन्थ्यो
हरेक दिन मुस्कान पिउन पाए

यसमा तपाइको मत