कहिले नीरजस्तै निलो बनिदिन्छ्यौ
कहिले पन्नाजस्तै हरियो बनिदिन्छ्यौ
तिमी कति छिटो छिटो रंग बदलिरहन्छ्यौ
अनि सबैको मनलाई त्यसै त्यसै हरिदिन्छ्यौ।
रारा तिमी कति शान्त ठाउमा
अनि कति रमणिय ठाउँमा
मलाई त ईष्या नै लाग्यो
तिमी बसेको ठाउँ
अनि तिम्रो सौंन्दर्यतामा।
रारा तिम्रो म कति बयान गरुं
बयान गरेरै सकिएलाजस्तै छैन
त्यति सौंदर्यकी धनी तिमी।
धन्य मेरो रारा
तिमी त्यसै त्यसै मन हरीदींन्छ्यौ
हामीहरुलाई त्यसै नतमस्तक बनाईदिन्छ्यौ।



