सम्बन्धको जोडघटाउ

- रज्जु बिडारी"काली" धार्के,धादिङ ।।


मुरलीको धुन सुनेर उहीँ गफाडी यार सम्झे।
प्रस्ताव पेश नै नगरेको अधुरो प्यार सम्झे।।
छोटामिठा बितेका केही रमाइला पल सम्झे।
साथसाथै बिधाताको नमिठो त्यो छल सम्झे।

भेटेर उ सँग बोल्ने मनको सानो रहर सम्झे।
अनायासै तर फेरि छुट्टिनु नै पर्ने कहर सम्झे।
समयले लगाएको हामी बिचको बार सम्झे।
अब नाघ्न नमिल्ने यथार्थको काडेतार सम्झे।

अाफु भन्दा पहिला सधै अाफ्ना अनि घर सम्झे।
अग्नि साक्षी राखेर फेरिएको अाफ्नै थर सम्झे।
सम्बन्धको जोडघटाउमा अाफन्तको खाता सम्झे।
पराई त उ पक्कै होइन मित्रताको नाता सम्झे।।

 

यसमा तपाइको मत