सगरमाथा हेर्न नजाउ टाढा, रमाइलो छ नाला

- पूर्व सेनानी टङ्कबहादुर बजगाई खत्री


काभ्रे जिल्ला उत्तरकाे सानाे छ याे ठाउँ
यसलाई राख्या रैछ नाला भन्ने नाउँ
याे ठाउँकाे वरिपरि हरियाली वन
यहाँ अाई पुगेपछि रमाउने मन ।१।

डाँडापाखा राताम्मे छ लालीगुराँस फूल
कलकल पानी वग्ने खानेपानी मुल
सबै ठाउँ पुगिसक्या माेटरकाे बाटाे
उत्पादन बढी हुने उर्वरा छ माटाे ।२।

सबैजाति मिश्रित भै बस्ती बस्या हेर
जागिरदार भन्दा पनि किसान नै धेर
मानामुरी धान फल्छ झुल्छ राम्रा बाला
अालुखेती प्रख्यात छ उग्रचण्डी नाला ।३।

देवलले भरिएकाे सहर छ हाम्रो
चारतले भगवती मन्दिर छ राम्रो
नालाबाट पूर्वपट्टी टन्चाेककाे डाँडा
सगरमाथा हेर्नलाई नजाउँ है टाढा ।४।

पलान्चाेक भगवती महाभारत अनि
त्यहीबाट देखिन्छ सगरमाथा पनि
उग्रचण्डी माताकाे दर्शन पनि गराैँ
नजिकको ठाउँबाट सगरमाथा हेराैँ ।५।

यसमा तपाइको मत