
खाने गरौं हामीले सन्तुलित भोजन
शरीरमा फाइदा हुने खाना रोजौं न
धुम्रपान नसाले त बिगार्ने छ बानी
यसले त जीवनमा पु¥याउँछ हानी ।१।
सबैभन्दा ठूलो धन स्वास्थ जीवन हो
जीवन नै अस्वस्थ छ सम्पतिले के भो ?
बेलाबखत आफ्नो स्वस्थ परिक्षण गरौं
आफ्नो स्वस्थ्य कस्तो रैछ महसुष गरौं ।२।
फलफूल सागपात दूध खाँदा हेर
रोगसङ्ग लड्नलाई शक्ति दिन्छ धेर
सधैँ भरि मिठो खान छैनौ हामी धनी
ढिंडो साग मोही खाँदा रोग लाग्छ कमी ।३।
चिल्लो मासु नुन पीरो धेरै खाँदा खेरी
शरीरमा किटाणुले बस्न खोज्छन् घेरी
रोग लागि सकेपछि औषधीमा खर्च
साधारण मान्छेले त धान्न गाह्रो पर्छ ।४।
नसा खाई सडकमा लडेका छन् कति
सुरापान कुलतले बिगारेर मति
मन्मा पीर चल्यो भनी नपिउनु अति
यस्तो बानी ग¥यो भने जीवनको क्षति ।५।



