वृद्धको कथन

- पूर्व सेनानी टंङ्कबहादुर बजगाई खत्री


पहाडमा सुख्खा भूमि उब्जा हुन्न त्यति
सम्म जति घडेरीमा टुक्रा भयो खेती
छ महिना खानलाई उब्जिदैन अन्न
अन्यत्रको खाद्यान्नले बाचेका छौँ धन्न ।१।

भूकम्पले भासिएर सुकिसके मूल
सिँचाइको अभाबले बोटमा सुके फूल
किसानी नै गरिखान सुख्खा भयो अति
कन्दमुल खोजीखान पाइदैन त्यति ।२।

खण्डवृष्टि भएर नै पर्छ पानी हेर
प्रकृतिले पनि ठग्छ किसानीमा धेर
युवा जति विदेशिए बाँझो भयो बारी
बुढाबुढी घर कुर्ने दिलमा गाठो पारि ।३।

वृद्ध भत्ता शुरु गर्ने मनमोहन थिए
राज्यबाट वृद्धलाई भत्ता पनि दिए
वृद्धवृद्धा समाजका धरोहर ठानि
रासनको काड पनि दिए हुन्थ्यो जानि ।४।

यसमा तपाइको मत