बिहानि मिर्मिरेकाे
उज्यालाेसगै उठिदै
भालेकाे डाकाेमा
भाेर्लाकाे पातमा सुर्तिकाे पुल्ठाे
च्यापेर
कम्बरमा पटुकिले कसि
काठकाे दापभित्र खुकुरी बजाउदै
सधै एउटै जुत्ता चप्लकाे आवाज भित्र
जुनको उज्यालो सङ्गै हराउदै
यहाँ, उही ईच्छा चाहानाकाे
पाेकाे मस्तिमा च्यापि बाहिर निस्कीनु हु्न्छ बा
ति अाफ्नै उकालि अाेराली र भन्ज्ङग चाैतारिहरूमा
घाँसको भारी बिसाई सुस्केरा हाल्दै
उहि बाजे बराजुले जाेते खनेका
गाउँ बेसिका तिनै टाहार बारीहरू
कतै भिराला पाखा पखेरा सम्याउने
जमर्काेमा जुटेर लहरा लतिकासगै लुकामारि खेल्दै
अनि घासका बुट्टा ठुला साना बाेट बिरूवालाई
सर्याक्सुरुक पार्दै
सुइया सुस्केरा हाल्ने
पक्कै मेराे बुबा हुनु पर्छ।
####################
म बालकै छदा मेरो अबोध मस्तिष्कले
हतारमा हत्त पत्त गरि बुबा अाएकाे देखेर
घरकाे दैलाे उघारि भित्र पसि अामाले
छाेपि राखेकाे माटोको भाडामा चिसो पानि
जब त्याे भरि पारि राखेकाे पानीमा लाेटा डुबाउन पुग्छु
मेरा बुबाकाे तिर्खाएकाे अात्मा
छेउ छेउमा फाटेकाे टाेपि शिरबाट झिकि
अनुहारकाे पसिना टोपीले पुछ्दै
घरकाे पिढिमा बसि भाेर्लाकाे सुकेकाे पातमा
सुर्कतिकाे धुलाे हालि हातले बेर्दै
अगुल्टाेकाे अागाेले झाेसि
निस्केकाे धूवा
घर अागन करेसा बारि चाेक गल्लि हुदै
अाकाश माथी उड्दा गोधुलीसँगै
सुस्ताउने पक्कै मेराे बुबा हुनु पर्छ।
####################
म देख्दै थिँए
बाले जाेतेकाे टाहार बारिमा
उठेकाे माेटाेकाे ठुल्ठुला डल्ला निहान्दा निहाल्दै
अकस्मात ति डल्लालाई काेदालाेकाे पासाले ठाेक्दा ठाेक्दै
उल्टै उछिटिएर पर बज्रिएकाे अाबाजसगै
मेरी ठूली दिदिलाई लाग्छ
ठाेक्दै पछारिएकी दिदिलाई
बुबाले उठाउदै उनिलाई सुम्सुम्याउने
मेराे बुबा आफू थाेरै साक्षर भएर पनि
छोराछोरीलाई भने शिक्षाको उज्यालो दिलाउन
कहिले पनि पछि हट्नु भएन
जिबनका हजाराै कठिन बाटाहरू र खुड्किलाहरूलाई
सकि नसकी चढ्ने चढाउनै
पक्कै मेराे बुबा हुनु पर्छ
%%%%%%%%%%%%%%%%%%%%%
छोराहरूको दुखमा राेई दिने
अनि छोरिको बिदाइमा
हाँसाे मुटुमा गाठाे पारि मलिन मुस्कान छरि
अनि आमाको अाँशु पुछ्दै
अाँफु ओझेल परि सम्झाउने बुझाउने
साहास लाखाै बेदनाका चपेटाले भरिपूर्ण
अनुहार कसैले कतै देख्ला कि भनी
अाफ्नाे कम्मरकाे पटुकी फुकाइ अाशु छुपाउन
खोज्ने मेराे बुबा औंसिको निस्पट रातमा पनि
चन्द्रमुक्त भएर उहाले भए भरको उज्यालाे
आफै प्रकाश बनि छर्दै जानु हुन्थ्याे
निस्पट त्यो अंधेराेलाई पनि साहारा दिन खोज्ने
पक्कै मेराे बुबा हुनुपर्छ।
################
जब म हुर्किदै बढ्दै काम गर्न सक्ने भए
तब दिनको थकानकाे मलिन अनुहार बाेकेर
सधै उस्तै लिएर अनुहार
र थकानकाे भारि बाेकि बिसाउन
घरको सङ्घार पार गर्दै जादा
बार्दलीको छेउवैमा बसि मेरै बाटो पर्खिरहेकि
मेरी आमाको त्याे खाली सिउदो देख्दा
म बिहाेसि भई बर्बराउदै माथि अाकाशतिर
फर्की हेर्छु जब कि त्याे निलाे अाकाशले
मलाइ नै हेरि मुस्कुराए झै लाग्छ
अनि कतै हराएकाे फेरि कतै त्यो चम्किलो
तारा भित्र बाहिर
जता ततै पक्कै मेराे बुबा हुनुपर्छ।
*** *** *** ***



