हो सबैलाई जस्तै
मलाई पनि थाहा छ
समयलाई जित्न सकिदैन
जिन्दगीलाई बुझ्न सकिदैन
भविष्य देख्न सकिन्दैन
भावीले लेखेको मेट्न सकिदैन।
सायद कोही यही सोचमा भिख मागिरहेछ
सायद कोई कालको प्रतीक्षामा बाचीरहेछ
कोई आश्वासनको खडेरीमा तडपिरहेछ।
अरुले मेहेनत गरी कमाएको पैसाले
जिन्दगी गुजार्नु भन्दा
कसैले दिएको एक मुठी चामलले प्राण बचाउनुभन्दा
कसैको झुटोआस्वसनले समय कटाउनुभन्दा
आफ्नै मेहनेतमा बाच्नुपर्छ
आफनै धर्तीलाई सिंगारेर बारीमा धान मकै फलाउनुपर्छ।
विवशताको आँसुहरुलाई रोक्नुपर्छ
जिन्दगी सफल बनाउन संघर्ष गर्नुपर्छ ।
संसारकै सर्वश्रेष्ठ मानिने मनिस जताततै पल्टिरहेछ
भिडभाड बढीरहेछ मानिसले अस्तित्व गुमाउदैछ
अनि लज्जित हुदैछ।
मेहनतको अभाबमा हरेक दिन रुदैछन्
अबुझ भएर अाजका मान्छेहरू।



