
किशोरीको बलत्कार, हिंसा सुन्नु प¥यो
अत्यचारी पापिस्टले कुकर्म नै ग¥यो
यस्तो पापी योधर्तीको मानवनै हैन ।
हृदयमा त्यो पापीको ईश्वर नै छैन ।
नारीलाई एकान्तमा हिँड्न भयो डर
सुरक्षाको कसैबाट भएन है भर
बलत्कारी विरुद्धमा हामी सबै उठौंै
कडा दण्ड दिलाउन नारी सबै जुटौं ।
सबैतिर बलत्कारी फष्टाउँदै गए
सानुतिनो सजायले नचेत्नेनै भए
राज्यबाट यो घटना नियालेर हेर
बलत्कारी व्यक्तिहरु बढिसके धेर ।
नेपालको कानुनमा मृत्युदण्ड छैन
बलत्कार गर्नेलाई कडा दण्ड भैन
आजीवन कारागार नपठाए हेर
बलत्कारी घटना त बढ्दै जान्छ धेर ।



