गजल

- पूर्व सहायक रथी तेजप्रकाश बानियाँ


 आदोलनको गोलिमा शरीर सेकायौ तिमीले।

आजीवन अपांग भै वीरता देखायौ तिमील्रे।

 

राजतन्त्र ढल्यो, गणतन्त्र आयो,आशा पलायो।

चुनाव जिताउन सकृयता बढायौ तिमीले।

 

अबश्य देशले काचुली फेर्ला भन्ने बिश्वासमा।

बैरागीको मन आशैआशमा भुलायौ तिमीले।

 

पजेरो, बिदेश यात्रा र उपचार मात्र भयो।

हात्ती आएको फुस्सा भयो भोट गुमायौ तिमीले।

 

आजसम्म देश बिकासको कुरो केही भएन

जन अपेक्षा लत्याउदै गए के पायौ तिमिले ?

यसमा तपाइको मत