धन्यवाद दियौँ

- टङ्कबहादुर बजगाई खत्री


कामदार मौंरी जति रसलिन जानी
रानो मौरी घरबसी मह मात्र खानी
यस्तै बानी हाम्रो पनि बसीसक्यो हेर
कुर्चीतिर बसी खानी भयौ हामी धेर ।१।

आम्दानीको स्रोत भने जनताको कर
सबैलाई पाल्नै पर्ने यसैको छ भर
पैसा जति आन्तरिक खर्चतिर भयो
दिनदिनै ढुकुटी त रित्तो हुँदै गयो ।२।

उपाय नै अरू छैन कसो गरौ भन
हाम्रो पनि कर थप्ने थिएन है मन
दातृराष्ट्रहरूलाई कति दुःख दिनु
सधैँ भरि हातथापी कति मात्र लिनु ।३।

सबैतिर वण्डा गर्दा सकिएछ धन
कर थप्दा जनताले दुखाएछन् मन
वाध्यताले गर्दाखेरि कर थपि लियौ
छिटोकर तिर्नेलाई धन्यवाद दियौ ।४।

यसमा तपाइको मत