विश्वमा नेपाल पदयात्राको लागि र हिमाल हेर्नको लागि उत्कृस्ट देश हो । नेपालमा आउने धेरै जसो पर्यटकहरु पदयात्राको लागि आउछन यसै कुरालाई मध्ये नजर गरि जागारुक युवाहरुले अर्को नगरकोट बनाउन नाला तन्चोकमा आकर्षक भ्यु टावर बनाइ रिसोर्ट संचालन गरेका छन् । चार ,पांच जनाको समुह बनाइ करिब ४५ लाखको लगानी लगाई उक्त भ्यू टावर निर्माण गरेका हुन् । नगरकोट पछिको उक्त क्षेत्रमा यो दोस्रो टावर हो ।
टावरबाट काभ्रे जिल्लाको रमणीय स्थलहरु पाचखाल उपत्यका ,बनेपा , धुलिखेल ,पनौती, साँगा ,नाला लगायत काठमान्डू उपत्यकाको भक्तपुर ,ललिलपुर र काठमान्डू स्पस्टसंग दृश्यावलोकन गर्न सकिन्छ । नेपालमा रहेका सगरमाथा हिमालदेखि अन्य अधिकांश हिमालहरु मनमोहक रुपमा हेर्न सकिन्छ । बिहानीको सुर्योदय हेर्नुको मज्जा त झनै बयान गरि साध्य छैन । हिमालहरुको काखबाट सुर्य उदाएको दृश्य हेर्दा संसार नै आफुले जिते जस्तो महसुस हुन्छ । कलिलो घाम ,सिरसिर बतास बिभिन्न रंगका मन मोहक किरण ,चराहरुको मिठो आवाज कतै स्वर्ग छ भने यहि नै त होइन ? भन्ने जस्तो लाग्छ ।
सानो भए पनि शान्त र मनोरम दृश्यावलोकन लागि यो स्थाननिकै रमाइलो र सुन्दर छ । सो स्थानमा पुग्न बनेपा बजारबाट रबिओपी हुदै ६ कि.मि.को यात्रा गर्नु पर्दछ ।नगरकोटबाट धुलिखेल जाने ट्रेकिंग रुटमा ६ कि.मि.मा रहेको छ । हरियाली बनजंगल ,नेपाली कृषि पध्दति र स्थानीयहरुको दिनचर्या नजिकैबाट बुझ्न र महसुस गर्न सकिन्छ।

अझ त रमाइलोकोलागि नाला बजारबाट करिब ५ कि.मि.को पदयात्रा गर्नु ज्यादै रमाइलो र हरियाली हेर्न सकिन्छ। नेपालकै उत्कृष्ट पशु पालन ब्यबसाय र तरकारी उत्पादन कसरी गरिन्छ भने कुरा राम्ररी बुझ्न सकिन्छ । पद यात्रामा मेहिनती किसान दाजुभाइहरुको मेहनत हेरेर तपाईमा उर्जा मिल्छ। नाला बजारमा रहेका नेपालका चार करुणामय मध्य एक श्रीष्टिकांत लोकेश्वर र नेपालकै चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवतीको सजिलै दर्शन गर्न सकिन्छ । नालाबजार एक प्राचिन नेवारी बस्ति हो । यहा अनेकै एतिहासिक बस्तुहरु दृश्यावलोकन गर्न सकिन्छ । उक्त स्थानमा रहेको पाटीपौवा ,प्राचिन एतिहासिक ढुङ्गे धाराहरु हेर्न सकिन्छ ।
रिसोर्टमा नेपाली स्वादिष्ट लोकल कुखुराको भालेसंग खाना खाएर रात्रीमा क्याम्प फायरमा नांच गान गर्नुको मज्जा बेग्लै आनान्द आउछ ।सस्तो र सफा रिसोर्टमा बस्न आफ्नो मनलाई रिफ्रेश गर्न एक पटक जानै पर्ने स्थान रहेको कुरा उक्त स्थानमा गएका पद यात्रीहरुले रमाइलोसंग ब्यक्त गरेका छन् । 



