अँह भनेका छैनौ हामीले नेपालमा रेल चाहियो भनेर,
र यो पनि भनेनौ कि घरघर पस्ने भेल चाहियो भनेर !
बानेश्वर र वालुवाटार गर्दै तिम्रो दिनचर्या कटिहाल्छ,
जुम्ला जाजरकोट हेर रून्छन् नुन तेल चाहियो भनेर !
किन राततारात छुट्छन् अपराधी जवाफ दे सरकार,
जनताको आवाज घोटला विहिन जेल चाहियो भनेर !
चर्कदो महड़्गी र तिम्रो चर्को करको सामना कति गर्ने?
अझै कुर्लिन्छौ साँसद भवनमा जाल झेल चाहियो भनेर !
तिमी बृद्धभत्ता खाएर घरमै बस देश युवालाई सुम्पिदेऊ,
उनीहरू मर्ने छैनन् कुर्सीमा एकलौटि खेल चाहियो भनेर !



