एक हुल युवाहरूको समूह गोगबु चोकको मेघा बैक अगाडीबाट माइक्रोमा चढछन । माइक्रो सहयोगी आफ्नै लयमा कानमा ईयरफोन लगाएर गीत सुन्दै हुन्छ । घरि घरि BG मल, बसपार्क, माछापोखरी, बालाजु, बनस्थली, स्वयम्भू, सितापाइला, कलंकी भनेर भटटट भन्दै बडो चाख लाग्दो थियो उसको त्यो भट्याउने शैली ।
माइक्रो आफ्नै गतिमा अगाडि बढदै थियो । त्यही एक हुल युवा समूह आफ्नै तालमा गीत गजल मुक्तक हासोँ मजाकमा मस्त थिए । माइक्रो सगयोगी भाइ आउछन र भाडा उठाउछन । एकजना भख्खरकि टिनएज महिला सबैको भाडा यसबाट काट्न आग्रह गर्छिन । बाकि रहेको पैसा फर्काइदिन्छ्न ।
केहि मिनेटमा फिर्ता गरिएको पैसा पुग्दैन र त्यी महिलाले ए ! भाइ तिमी सनिवारे स्कुल पढेको हो क्या हिसाब आउदैन तिमीलाई किन अपुग पैसा ड्या ? सबैजना गललल्ल हाँस्छन होला होला सनिवार स्कुल गएको होला भन्दै ।
माइक्रो सहयोगी भाइले मलिन हुँदै भन्छ सरी दिदी गल्ती भयो अनि अर्को कुरा हो दिदी म सनिवार स्कुल गएको हो ।
जब तपाईहरू सनिवार आराम गर्नु हुन्थ्यो र म स्कुलमा गएर सरसफाइ गरि पैसा कमाएर ल्याउथे र आमाको लागी औसधि किन्थे । माइक्रो बसका सबै प्यासेनन्जर भावुक र निशब्द भए ।
त्यी महिला जसले त्यो वचन लगाएकी थिइ । आफै लज्जित भईन र भनिन् कुनै कुनै प्रश्न कति धारिलो हुन्छ अनि उत्तर पनि त्यही धारिलो हतियारले काटेको घाँउ जस्तै गहिरो हुन्छ ।
अन्त्यमा आत्मग्लानी महसुस गर्दै ती महिला फिर्ता गर्न पर्ने पैसा तिमीनै राख भाई भन्दै त्यो समुह कलंकीमा उत्रिए र एउटा साहित्यक कार्यक्रममा गए ।
लघु-कथा = “सनिवारे साहित्य”
- पुनाराम कर्यावरिक्का दंगीशरण गाउँ पालिका ४ दाङ



