गजल

- कल्यानी बस्नेत


बाख्रो होइन अव बिरालो बेचेर कर उठा सरकार

खेती नस्ट गर्ने बाँदरलाई कर्म गर्न जुटा सरकार।

 

जतासुकै पनि जनतालाई मारमा पार्न जानेको

सन्तानको बिहे गर्दा पनि कर लिन पठा सरकार।

 

कार्यलयमा तलव दिन गाह्रो भए कर्मचारीलाई

सक्छौ! मुसालाई कर जम्मा गर्न खटा सरकार।

यसमा तपाइको मत