तिर्थ पदयात्रा पर्यटन र बागमती सभ्यता

- रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,काभ्रे


नेपाल पद यात्रा पर्यटनको लागि बिश्व प्रसिध्द छ । हामीले यसलाइ सधै कायम राख्न  सक्नु नै बाह्य पर्यटनको क्षेत्रमा उज्वल भबिश्य देख्नु हो।  पदयात्राको मार्ग नया नया पहिल्याउनु पर्दछ।  पहिलेका पद यात्रा मार्गमा बिभिन्न भौतिक निर्माणहरुले बिस्तारै गुणात्मकमा ह्रास ल्याइराखेको हुन्छ जुन हामीले थाहै नपाइ भैरहेको हुन्छ।  प्राकृतिक पद यात्रा मार्ग लागि मात्र होइन अब नेपालले धार्मिक पद यात्रालाई पनि केलाउन सक्नु हाम्रो बुध्दिमता हुनसक्छ । नेपालमा उहिलेदेखि चलिआएको धार्मिक पद यात्राहरु नेपाल भरि प्रसस्त छन्।  यसको उदाहरणको रुपमा सांखुको माधव नारायण स्वस्थानी ब्रत ,दिपंखा धार्मिक पदयात्रा ,चार नारायण , पबित्र बागमती नदी धार्मिक पदयात्रा र सिलुतीर्थ  जस्ता थुप्रे धार्मिक पद यात्रा हरु छन ।ति मध्य कतिपय लोप भैसकेका छन् भने कति पय  संचालनमा आइरहेका छन् । ति मध्य बि.स.२०३४ साल पहिले देखि बन्द भैरहेको हाल पुन संचालनमा आएको धार्मिक पद यात्रा बागमती नदी को पद यात्रा बारे यहा जानकारि गराउन चाहन्छु।

बि.सं.२०३४ देखि बन्द भै राखेको परम्परागत यात्रा वागमती सभ्यता जोगाउन भन्दै पशुपति क्षेत्र विकास कोषले ४१ वर्ष पुरानो बाग्मती यात्रा फेरी सुरु गरेको छ। कटुवाल दहबाट वागद्धारसम्मका १९५ तीर्थस्थलमा पैदल स्नान गर्ने विधिलाई वाग्मती यात्रा भनिन्छ। आफुलाई पुन्य कमाउन र शरीरको अंगहरुमा कुनै पनि रोग नहोस आफ्नो मनोकामना पूर्ण होस् भने हेतुले यो बागमती यात्रा संचालन गरिआएको छ ।  पछिलो समयमा बागमतीको पानि प्रदूषणको कारण रोकिएको सो यात्रा वाग्मती सरसफाइको वारेमा जनचेतना आवश्यक भन्दै यात्रा थालनी गरेको हो । बाग्मती सफाई महाअभियान सुरु भएको ५ वर्ष पुग्नै लाग्दा धार्मीक एवं सांस्कृतिक महत्व ब्युताउदै सो यात्रा शुरु गरिएको हो । बाग्मती नदीको कटुवाल दहदेखि बाघद्धार सम्मको १८ कोशको ( ४३ किलोमिटर)सम्मकोको यात्रा गरिछ ।१७ दिनसम्म बाग्मती नदीको किनारै किनार गरिने यात्रालाइ हामीले देश विदेश सम्म प्रचार प्रसार गरि धार्मिक पदयात्राको ए उ टा गतिलो उत्पादक को रुपमा विश्व सामु देखाउन सके सुनमा अझै सुगन्ध हुने थियो । हरेक बर्षको वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन बाग्मती यात्रा गरिन्थ्यो।

पद यात्राको क्रममा बाग्मती नदीको आसपासका करीब १ सय ७०तिर्थ स्थानमा  तीर्थस्नान गरिछ।बाग्मती यात्रामा सहभागीहरुले जमिन , हीरा, मोती लगायतका बिभिन्न द्रब्य सामग्री  दान दिने गर्छन ।धार्मिक रुपमा महत्व रहेको बाग्मती  नदी मानब सभ्यता संग पनि जोडिएकाले  यसको संरक्षणका लागि वैदिक र तान्त्रिक दुवै बिधिबाट यात्रा सुरु गरिएको यात्राका बुढापाकाहरुले बताउदै आएकाछन। बाग्मती नदि किनारका विभिन्न १ सय २७ तीर्थ स्थल र उपतीर्थस्थल सहित १ सय ९५ तीर्थमा पु्जा सहित दान भेटी चढाइने र बाग्मतीयात्रा कटुवाल दहदेखि बाग्मतीको उद्गमस्थल बाघद्धारसम्म पुगेर त्यहाबाट पशुपतिमा पुगेर समापन गरिन्छ।

पहिलो दिन बाग्मती यात्रामा पशुपतिनाथबाट सुरु गरिएको यात्रा कार्यबिनायक र दक्षिणकाली गोपालेश्वरको पूजा गरी  कटुवाल दहमा पुगेर त्यहा ध्वजा कलश स्थापना गरि त्यही शिखर नारायणमा बास बसिन्छ।

दोस्रो दिन सुन्दरीघाट बल्खुमा स्नान गरेर  टेकु दोभानमा पञ्चलिंगेश्वर र पचली भैरबको पुजा गर्दै बाटोमा पर्ने २७ तीर्थस्नान गरेर शंखमुलमा बिश्राम लिइन्छ।

तेस्रो दिन शंखमुलबाट प्रयागघाटमा स्नान गरी बाटोमा पर्ने ४० भन्दा बढी तीर्थस्नान गर्दै कोटेश्वर महादेबको पूजा गरिन्छ ।

यसरी नै १७ दिनसम्म कोटेश्वर महादेव ,  गुहेश्वरी , सुन्दरीजल , बुढानिलकण्ठ, बज्रयोगिनी हुदै चागुनारायण , शंखतीर्थ , गुहेश्वरी , मृगेश्वर बिरुपाक्ष हुदै अन्तिम दिन रुद्रगाडेश्वर पुगेर बाग्मती यात्रा समापन हुने गर्दछ।

यसरि १७ दिन सम्म बडो हर्ष र उल्लासका साथ सम्पन्न हुने यो बागमती पद यात्रा पछिलो समय ७ दिनमा पुरा गर्ने गरेको छ। फेरी १७ दिन सम्म नै  चलाउनु पर्ने जनधारणा बिकाश भएकाछन। पहिले पहिले पैदल यात्रा र बाग्मतीमै गएर स्नान गरिने परम्परा भएपनि समयको बदलिदो परिवेशसँगै यसमा परिवर्तन गरिएकोछ ।

जे होस् ४0 बर्ष पछि आँखा खोलिए तापनि अझै हामीले थुप्रै कार्य सुधार गर्नु पर्ने देखिन्छ।  वागमतीको अतिक्रमण र पबित्र नदी लाइ पबित्र नै राख्नु नितान्त आवश्यक देखिन्छ  । ढल र मल मिसाउनु कदापि हुदैन ।  राज्यस्तरबाट उच्चित तरिकाको गुरु योजना ल्याई यसलाई विश्वको ध्यान खिच्नु पर्दछ । बिदेशमा सानो कुरालाई तिल लाइ पहाड बनाएको हुन्छ। हाम्रो आफ्नो नेपालमा भैरहेको लाइ मासिने र बिदेशी संस्कृतिको पछि लाग्ने गर्दा नै हामि पछि परेको जग जाहेर छ। त्यसैले आफ्नै पर्यटन उत्पादनलाई बिशेस महत्व,इमान्दार पूर्ण भूमिका र सक्दो सहि प्रचार प्रसारले नेपालि धार्मिक पर्यटन पद मार्ग विश्व स्तर पुग्न सक्छ।

 

 

 

 

यसमा तपाइको मत