“तिमी थारू” कविता

- पुनाराम कर्यावरिक्का दंगीशरण गाउँ पालिका ४ सुकदेवा दाङ हाल काठमाडौं गोँगबु


तिमि थारु
काम गर्छौ मरिमरि
घाम पानीसंग लड्दै हिन्दै घुम्दै
थारु कोखमा जन्म लियौ
सानैमा काममा दौडियो
आफ्न काम प्रती सधै
आत्मसात गरे कर्म गर्यौ
तिमि थारु,
आदिबासी जनजाती
भुमिपुत्र तराई बासी
औलो रोगसंग लड्दै मरुभुमी,
सुख्खा,दाँडा पाखा,बन जंगल फाडेर
उर्बर,अन्न फल्ने
खेती योग्य जमिन बनायौ
बाघ,भालुसंग लड्दै घर परिवार बचायौ
तिमि थारु,
सोजो छौ सोजो काम मात्रै जान्छौ
सबैले भनेको मान्छौ
बोली बचन व्यवहार नर्म छ
चाल चलन तिम्रो आफ्नै धर्म छ
दुखी तिम्रो कर्म छ
काम गर्नै पर्ने तिम्रो जन्म छ
काम गर्छौ आफ्नो दश अौला खियाउछौ
आफ्नो बल बुद्धी लगाई
आफ्नो हिम्मत जुताई
सबैको अगादि कर्म गर्छौ
दिएको खान्छौ,भको लगाउछौ
अर्काको देखासिखी गर्दैनौ
जति छ त्यति मै रमाउछौ
तिमि थारु,
थारु भएर आफै गर्ब गर्छौ,
जस्ले जे भने पनि रिस राग मान्दैनौ
अौला गनि गनि हिसाब राख्छौ
तिम्रो सोजो पनले
सबैले तिमिलाइ हेप्दैछ
तिमि सधै तलै पर्छौ
सधै कामको लागि दौडिन्छौ
कहिले पहाड कहिले मधेश झर्दै
तेई पनि तिमि सहेकै छौ
अरुको लागि मरेका छौ
तिम थारु,
तिमिलाई अघि लगाई,
तिम्रो डर भगाई,
तिम्रो बल बुद्धी जलाई,
दुस्मनको अघि सारेर,
आफ्नो स्वार्थ पुरा गरेर,
तिमिलाई समाजको अगाडि तल झारे,
झन झन तिम्रो रिसमा घिउ हाले,
आफ्न हिट्को लागी लडौ भनि भरम पारे,
त्यसैले तिमि समाजमा गिर्यौ,
अरुको लागि बन्दुक भिर्यौ,
भाग्दै बन भित्र छिर्यौ,
कर्म कर्ने हातले मन्छे मार्यौ,
सधै कानुनको घेरामा पर्यौ,
तिमी थारु,
उथ अब, तिमि थारु,
पहिचान बचाउन,
आफ्नो सस्कृती जगाउन,
आफ्नो भेषभुषा सजाउन,
हराएको अस्तित्व फर्काउन
रिती रिवाज आफ्नो जगाउ यहा
पुर्खाले मानेका सस्कृती मनाउ यहा
सबै थारु मिलि कुरिती हताउ
पहिले जस्तै आफ्नो गाउ बनाउ
एक आपसमा नलडि
सुन्दर संसारको कल्पना गर
यसैमा छ,
तिम्रो भलाई हास र हसाउ
तिमी थारु..तिमि थारु …..!!

यसमा तपाइको मत