भन्देउ तिम्रो बाध्यतामा पर्छु कि रहरमा पर्छु

मन पराउनेको सुचिमा कतिऔ नम्बरमा पर्छु।
म आजादी नजर हु जता पुग्छु पुग्न देउ
थाहा छैन भोलि त कस्को पो खप्परमा पर्छु।
बस्न त कयौं भिर खायर बगेको नदि भित्रै बस्छु।
आखिर माछी न हु कहिले तिर कहिले बगरमा पर्छु
म ठुलो भिरमा फुलेको फुल हु सजिन गमला छैन
एकदिन अवश्य ओलिन्छु,झर्छु र पत्थरमा पर्छु
म यसकारण पुरै अन्धो भयर हिडेकी हु
बुर्का उतार्दा हत्यारा सरकारको नजरमा पर्छु।



