मेरो देश आज रोइरहेछ
खोइ कोस्लाई हो खोजिरहेछ
अन्धकर छ जताततै उज्यालो लाई कुरिरहेछ
स्वतन्त्र पंक्षि लाग्दो रहेछ
तर कुन पासोमा अड्की रहेछ
मेरो देश आज रोइरहेछ
खोइ कोस्लाई हो खोजिरहेछ
साझा फुल बारीको फुल
स्याहार गर्ने माली खोजिरहेछ
मौरी घारमा सिपाहीहरु
रानी मौरी खोजिरहेछ
अनेकतामा एकता
आज एक्ता आफैलाई नै खोजिरहेछ
मेरो देश आज रोइरहेछ
खोइ कोस्लाई हो खोजिरहेछ
३३ कोटी भगवान आज आँफै न्याय खोजिरहेछ
सर्बोच शिखर सगरमाथा
आज आफै झुकी रहेछ
गौतम बुद्धको देश
बुद्ध आँफै शान्ति खोजिरहेछ
मेरो देश आज रोइरहेछ
खोइ कोस्लाई हो खोजिरहेछ
………….



