खराब लत छुटेन कैल्यै अकूत भएनी,
लोभले गर्दा बिग्रीयो बानी सपूत भएनी।
म सेवा गर्छु भनेर आयौ होकि त भनेर
जनता सोझा चुनाव जित्यौ कपूत भएनी।
के बिधी प्यारो लागेको होला यो भ्रष्ट चरित्र
नानिको बानी गएन कतै राजदूत भएनी।
शासन राम्रो होलाकी भन्यो गरेन कसैले
मरेर धन मिल्दैन लान देवदूत भएनी।
देशको चिन्ता जनको चिन्ता कदापि गरेनौ
अवस्था तिम्रो पहिले देखि मजबूत भएनी।



