शिक्षकको कुटपिटबाट एकजना विद्यार्थीको मृत्यु


बारामा शिक्षकको कुटपिटबाट एकजना विद्यार्थीको मृत्यु भएको छ । कक्षा ७ मा अध्ययनरत १३ वर्षीय अजयकुमारको कुटपिटपछी उपचारक्रममा मृत्यु भएको हो । उनीमाथी कुटपीट गर्ने शिक्षक फरार छन् ।

मृतक कलैया उपमहानगरपालिका १ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा हुन् ।

शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन् ।

यसमा तपाइको मत