स्वदेशी माया

- पूर्व सेनानी टंक बहादुर खत्री काभ्रे नाला


विदेश जान यो मन भ्रान्त
फर्केर सोच्दा म भएँ शान्त
यो पुन्य भूमि नेपाल हाम्रो
विश्व भरिको म ठान्छु राम्रो

यो देश छाडि विदेश जान्न
पराईको म त सास्ती खान्न
सेवा म गर्छु नेपाललाई
छाडेर जाँदिन लौ रुवाई

गुजारा धान्न मिलेन रोटी
खाडी पुगे कति चेलीवेटी
रोटी मिले किन जान्थे होला
विदेशीको किन बोक्थे झोला

छाडेर गए सुन्दर गाउँ
बिर्सने भए जन्मेको ठाउँ
चस्कन्छ मुटु लाग्दछ पीर

आमाको दिल भएन थिर

यसमा तपाइको मत