अखिल(क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्य घटेसंगै यातायात भाडा अविलम्ब घटाउन माग गरेको छ।
एकिकृत नेकपा माओबादी निकट अखिल(क्रान्तिकारी)ले यातायात ब्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई सोमबार ज्ञापनपत्र बुझाउदै विद्यार्थीलाई यातायातमा दिने ४५ प्रतिशत छुटलाई कडाईपुर्वक कार्यान्वयन गराउन माग गरेको छ ।
ज्ञापनपत्रमा यातायात भाडादर अबिलम्ब समायोजन गनुपर्ने, पुर्ब सहमति पुरा गनुपर्ने लगायतका माग रहेका छन्
संगठनका माग तत्काल पूरा नगरिए अखिल(क्रान्तिकारी) आन्दोलनमा उत्रिने जनाएको छ ।




