स्वस्थ मुटु स्वस्थ जीवन सपना हुन्छन् पूरा।
स्वस्थ मुटु स्वस्थ जीवन सपना हुन्छन् पूरा।
आउ साथी सुनौं केही ढुक-ढुकीका कुरा,
आउ साथी सुनौं केही ढुक-ढुकीका कुरा,
जिन्दगीको मूल्य कति, कसले भन्न सक्छ ?
के मुटु झैँ, अविरल, कोहि चल्न सक्छ ?
ढुकढुकीको संगित यो, कस्तो सुमधुर ।
शब्द भर्छौँ जिवनको, यसमै सधैँभर ।
जल्छ मुटु धुम्रपानले, उड्छ धुँवा सरि ।
जाँड रक्सी बोझ बनि, चढ्छ मुटु भरी ।
आफ्नै मुटु पराई झैँ, कोहि गर्छन् किन ?
चुरोटलाई कुल्चिदेउ, आफ्नो शत्रु चिन
एक दिनमा दुई लिटर पिऔँ सफा पानी ।
पानी जस्तै सफा बन्छ, मुटु- जिन्दगानी ।
बिहानी छ कत्ति शितल, सधैँ व्यायाम गर्छु ।
काम गर्छु मिहिनेतले, अनि आराम गर्छु ।
व्यर्थ तनाव, कति लिनु, म त मस्त बाँच्छु ।
स्वस्थ खान्छु, स्वस्थ पिउछु, म त स्वस्थ बाँच्छु ।
चिल्ला पिरा, पकवान सारा, भयो टाढै राख्छु
पोसिलो देउ, रसिलो देउ, सागसब्जी चाख्छु ।



