हिजो देख्दा उर्जाशील जोसिलो नै थिएँ
कमाएर जहानको पेट भरी दिएँ
अहिले त कचकचे बूढो भन्न थाले
सबै आफ्नो कामतिर म त घर पाले
बूढी पनि भन्न थालिन् नकराउ बूढा
जाडो भए बालिदिन्छु अगेनामा मुढा
घरवाली झर्को गर्छिन् कुनै कुनै बेला
श्रीमतीले पनि अब गर्न थालिन् हेला
औषतको आयु पनि सत्तरीमा गयो
त्यो माथिको आयु भने बोनस नै भयो
थपिएको आयुले त रोग लाग्यो धेर
उपचार गर्दागर्दै धन गयो खेर
जवानीमा हिँड्या ठाउँ सम्झन नै गाह्रो
परदेश भइसक्यो पानी खाने धारो
पौरख नै गर्न सक्दा हुँदारैछन् मेरा
उमेरले नेटो काट्दा सबै भए टेडा



