गजल

- सिद्धार्थ देवकोटा जिन्दगी ,चापाकोट,स्याङ्जा


चढाउनु छ भगवानलाई प्रसाद खिर लिएर, 

जाँदै छु केही समय शान्त पार्न मन पिर लिएर।

 

आइज ए बैरी शत्रु सिमानामा छु गोर्खे सिपाही,

फर्किने छु पुन देश रगत दिएर या सिर लिएर।

 

जस्ताको तस्तै छु अहिलेसम्म गरिबिले दबेपछी,

आफ्ना आउछन् सताउछन बचनको तिर लिएर।

 

हराएकि पृयसिको खोजीमा भौतारि हिडेको छु,

पागलसरी बनी हातमा उनको तस्बिर लिएर।

 

जुकासरि छिमेकिले सिमा मिच्दै गयो प्रतिदिन,

फिर्ता गरि जोडौ किस्ता,कागडा कश्मिर लिएर।

—

यसमा तपाइको मत